११ मंसिर २०८३, शुक्रबार

इप्रका इटहरीले समात्यो ‘जक’ अभियुक्त राई, अनुसन्धान जारी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, १५ कात्तिक । बाबुआमासहित परिवारका सदस्यलाई ज्यान मार्ने धम्की दिँदै १९ बर्षिय किशोरीलाई जबरजस्ती मोटरसाइकलमा हाली बलात्कार गरेको अभियोगमा सुनसरीको इटहरी उपमहानगरपालिका–८ का बिजय राईलाई प्रहरीले समातेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी उपमहानगरपालिका–२० मा पर्ने तरहराको जंगलमा लगी ति युवतीलाई राईले बलात्कार गर्नुका साथै उनीसँग रहेको सुनको सिक्रि समेत लुटेको उजुरी पीडितले दिएका थिए ।

तिहारको लक्ष्मी पूजाका दिन राईले ति युवतीलाई धम्क्याएर उनी चढ्ने गरेको को३८प ८५४ नम्बरको मोटरसाईकलमा जबरजस्ती चढाएर तरहराको जंगलमा लगेका थिए । पीडितको उजुरीअनुसार भनेको नमाने किशोरीसहित उनका परिवारलाई समेत ज्यान मार्ने धम्की दिई जबरजस्ती करणी (जक) गरिएको थियो ।

प्रहरीले त्यसो दुई दिन पछि भाईटिकाको दिन राईलाई पक्राउ गरेको थियो । पक्राउ गरिएका राईलाई जक अभियोगमा अनुसन्धानका लागि जिल्ला अदालत सुनसरीबाट ५ दिनको म्याद थपिएको इप्रका इटहरीका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

यसैगरी तिहारका समयमा होहल्ला गर्ने विभिन्न नौ जनालाई पनि पक्राउ गरिएको छ । तिहारका समयमा मदिरा सेवन गरी होहल्ला गर्ने, शान्ति सुरक्षामा प्रभाव पार्ने सासङ चौधरी, कार्लोस रिजाल, सुभाष भुर्तेल, प्रदिप प्रधान, ओमप्रकाश साह, सन्तोष चौधरी, सन्तोष कोइराला, देवनारायण शाह र लालबाबु साहलाई पक्राउ गरिएको इप्रका इटहरीले जनाएको छ ।