मुगु, १५ कात्तिक । प्रहरीलाई गाउँमा गस्ती नगर्न भन्दै बेलाबेला फोनमार्फत धम्काउन खोज्ने नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई बुधबार बिहान पक्राउ गर्न खोज्दा स्थानीयले प्रहरीमाथि नै ढुंगामुढा गरेका छन् ।
बेलाबेला फोन गरेर गाउँमा गस्ती नपठाउन धम्की दिँदै आएका विप्लव समूह ६ नम्बर क्षेत्रको सचिव बताउने छायाँनाथ रारा नगरपालिका–१४ बाम गाउँका स्थानीय धनमानसिंह बुढालाई बुधबार बिहान उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएपनि स्थानीय जन प्रतिनिधिको संलग्नतामा गाउँलेहरुले ढुंगा मुढा गरेर पक्राउ परेका बुढालाई भगाएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरिक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।
पक्राउ परेका बुढालाई भगाउन १४ नम्बरका वडाध्यक्ष नन्दलाल बढुवालको सहभागितासमेत रहेको पक्राउ गर्न गएको प्रहरीको टोलीले आफुलाई जानकारी गराएको प्रहरी प्रमुख साहले बताए ।
सरकारले विप्लव समुहका कुनै पनि गतिविधी अराजक हुने भन्दै प्रतिबन्ध लगाएको र स्थानीय स्तरमा सरकारकै जनप्रतिनीधीले विप्लव समुहका कार्यकर्तालाई पक्राउ गर्न खोज्दा प्रहरीलाई नै असहयोग गरेको देख्दा आफलाई अचम्म लागेको प्रहरी प्रमुख साहको भनाई छ ।











प्रतिक्रिया