मंगलबार, २६ कार्तिक २०७६
DainikNepal.com
मंगलबार, २६ कार्तिक २०७६

चीनले बनायाे ब्याट्रीबाट उड्ने प्लेन

दैनिक नेपाल २०७६ कार्तिक १५ गते ५:५२

चीन । चीनले ब्याट्रीबाट उड्ने प्लेन बनाएको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार मंगलबार ब्याट्रीबाट चल्ने प्लेनको सफल परीक्षण उडान भएको छ ।

आरएक्सफोरई नाम दिइएको ब्याट्रीबाट चल्ने प्लेनले चीनको उत्तरपूर्वी शहर सेन्याङबाट उडान गरेको हो ।

१२ सय किलोग्राम तौल भएको प्लेन ४ सिटको छ। ८.४ मिटर लामो प्लेन ब्याट्री एक पटक फूल चार्ज भए ३०० किलोमिटर उड्न सक्छ ।

जहाजका पखेटा साढे १३ मिटर लामा छन् । तौल कम गर्न जहाजका अधिकांश पाटपुर्जा कार्वन फाइबरबाट बनाइएको छ ।

प्लेन मुख्य रूपमा छोटो दूरीका उडान र पाइलटको तालिम, दश्यावलोकन, एरियल फोटोग्राफी, एरियल म्यापिङलगायतका काममा प्रयोग हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित