११ मंसिर २०८३, शुक्रबार

ओलीले भने, ‘आई एम फिट’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफू पूर्ण रूपमा फिट रहेकाे बताएका छन् ।

ओलीले ग्राण्डी अस्पतालबाट बिहीबार साँझ डिस्चार्ज भएका छन् ।

अस्पतालबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले ‘आई एम फिट’ भन्ने प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री ओली बुधबार विहान अस्पताल भर्ना भएका थिए । प्रधानमन्त्री निजी सचिवालयले नियमित चेकजाँच मात्र भएको बताएको थियो भने अस्पतालले पनि स्वास्थ्य अवस्था सामान्य रहेको बतायो ।

बुधबार दिउँसो नै प्रधानमन्त्रीको आकस्मिक रुपमा डायलासिस गरिएको थियो । बिहीबार दिउँसोे दोस्रो पटक डायलासिस भयो ।

अस्पतालले त्यसबेला पनि यसबारे कुनै जानकारी दिएको थिएन । ओलीलाई भेटेर फर्किने क्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै डायलासिस भएको बताएका थिए ।

अस्पतालले प्रधानमन्त्रीको डायलासिस गरिएको स्वीकार गरेको छ ।

अब फेरि डायलासिस गर्नु पर्नेनपर्नेबारे रगत परीक्षणको रिपोर्टहरू आएपछि मात्र भन्न सकिने मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बताएका छन् ।