२८ आश्विन २०८३, बुधबार

एनआईसी एशिया बैंक र टिथ सेभर्सबीच सम्झौता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १४ कात्तिक । एनआईसी एशिया बैंक लिमिटेड र टिथ सेभर्स प्रालि त्रिपुरेश्वरबीच एनआईसी एसिया बैंकका सम्पूर्ण ग्राहक महानुभावहरुलाई टिथ सेभर्स डेन्टल क्लिनिकमा दाँतसम्बन्धी उपचार गराउँदा १५% सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता बमोजिम बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले टिथ सेभर्समा दाँतसम्बन्धी उपचार गराउँदा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र टिथ सेभर्सको तर्फबाट अध्यक्ष उषा घिराईयाले हस्ताक्षर गरेका थिए ।

यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८२ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

१८ लाखभन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।