काठमाडौँ, १४ कात्तिक । माछापुच्छ्रे बैंक लिमिटेडको यही कात्तिक ८ गते बसेको संचालक समितिको ४०८ औं बैठकले संचालकको रिक्त पदमा हरिभक्त सिग्देललाई आगामी वार्षिक साधारण सभा सम्मको लागि नियुक्त गरेको छ ।
सर्वसाधारण शेयरधनीहरुका तर्फबाट रिक्त भएको उक्त पदमा बैँकले सिक्देललाई नियुक्त गरेको छ । नवनियुक्त संचालक हरिभक्त सिग्देलको सरकारी र प्राईभेट क्षेत्रमा निकै लामो अनुभव रहेको छ ।
माछापुच्छ्रे बैंक लिको १४१ वटा शाखाहरु, १३१ शाखा रहित बैकिङ्ग सेवा, १ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा २७३ स्थानमा रहेका सेवा सञ्जाल तथा १६५ वटा एटीएमहरु मार्फतबाट ग्राहक महानुभावहरुमा अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस