
काठमाडौँ, १४ कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १५ औं बर्ष सफलतापूूर्वक पुुरा गरी १६ औं वर्षमा प्रवेश गरेको छ ।
बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा केक काटेर १५ औंै वार्षिक उत्सव मनाइएको हो । बिहिबार कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले केक काटेर वार्षिकोत्सवको उपलक्ष्यमा सबैलाई शुभकामना व्यक्त गरेका थिए ।
वार्षिक उत्सवकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत विगतका वर्षहरुमा जस्तै “रक्तदान–जीवनदान” भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय, बालुुवाटारमा कात्तिक १५ गते शुक्रबार रक्तदान कार्यक्रम गर्ने र कात्तिक १६ गते शनिबार बैंकका कर्मचारी तथा ग्राहकको उपस्थितिमा प्रभातफेरी कार्यक्रम गर्ने तयारी रहेको छ ।
मुुलुुकभर सातवटै प्रदेशमा गरि ८७ वटा शाखाहरुबाट अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस बैंकले आगामी वर्षहरुमा अझ सशक्त रुपमा ग्राहक सेवामा समर्पित हुने प्रतिबद्घता व्यक्त गरेको छ ।
यस डेभलपमेण्ट बैंकलाई विगत १५ वर्षदेखि अहिलेको अवस्थासम्म ल्याउन सहयोग गर्ने सबैमा बैँकले आभार एवं कृतज्ञता समेत प्रकट गरेको छ ।













प्रतिक्रिया