२८ आश्विन २०८३, बुधबार

जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो छ : उपराष्ट्रपति पुन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १४ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले जनमुखी र वैज्ञानिक शिक्षाको आवश्यकता रहेको औँल्याउदै शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने बताउनुभएको छ ।

सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उहाँले आझै पनि कैयाैँ बालबालिकाहरु शिक्षाको पहुँचबाट बाहिर रहेको बताउनुभयो ।

सामुदायिक विद्यालयलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति पुनले निजी विद्यालयलाई क्रमशः नियमन गर्नुपर्ने बताउनुभयो ।

हुने खानेको लागि निजी र हुँदा खानेको लागि मात्र सामुदायिक विद्यालय भएको चर्चा गर्दै उहाँले शिक्षामा ठूलो खाडल रहेको उल्लेख गर्नुभयो ।

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङको सभापतित्वमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सांसद अग्निप्रसाद सापकोटाले स्थानीय सरकारमा विकृति र विसङ्गति रहे पनि समग्रमा राम्रो रहेको चर्चा गर्नुभयो ।

विसं २०७२ को भूकम्पले क्षेतिग्रस्त उक्त विद्यालय नेपाल हिल्फे वाइलग्रीस जर्मनीको आर्थिक तथा ग्रामीण सुधार सेवा समिति सिन्धुपाल्चोक सुकुटेको संयोजनमा रु सात करोड १८ लाखमा पुनःनिर्माण गरिएको हो ।

कूल ३३ कोठा रहेको भवनमा १२ सौचालयसहित कम्पाउण्ड, फर्निचर समेतको सुविधा सम्पन्न भवन रहेको ग्रामीण सुधार सेवा समितिका अध्यक्ष कृष्ण सापकोटाले जानकारी दिनुभयो । संस्थाले जिल्लामा दर्जन बढी विद्यालय भवनको पुनःनिर्माण तथा प्रवलिकरण गरिएको छ । –रासस