२८ आश्विन २०८३, बुधबार

धरानमा १३ वर्षीय बालिका बलत्कार गर्ने एकजना पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, १४ कात्तिक । धरानमा १३ वर्षीय बालिका बलत्कार गर्ने एकजना पक्राउ परेका छन् । मंगलबार भाइटीकाको दिन धरान उपमहानगरपालिका–१६ स्थायी घर भएकी बालिकालाई आफ्नै कोठामा बोलाएर बलत्कार गरेको अभियोगमा एकजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा धनकुटाका ३५ वर्षीय गिरेन्द्र राई रहेका छन् । राई धरानमा डेरा बस्दै आएका थिए ।

पीडितबाट बलात्कारको उजुरीका आधारमा पीडक राईलाई तत्काल प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

बलात्कारमा संलग्न राईलाई बिहीबार जबरजस्ती करणी ऐन अन्र्तगत मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले पीडित र पीडक दुवैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणसमेत गरेको छ ।