
काठमाडौं, १४ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसको रकमसहित प्रहरी नायव निरीक्षकलाई नियन्त्रणमा लिएको छ ।
बिहीबार बाराको महागढीमाई नगरपालिकास्थित गंजभवानिपुर चौकीका इन्चार्ज जटशंकर साहलाई ६० हजार घुसको रकमसहित नियन्त्रणमा लिएको हो ।
प्रहरी नायव निरीक्षक जट्टाशंकरलाई कपडा व्यापारीसाग लिएको रकमसहित आयोगको क्षेत्रीय कार्यालय हेटौडाको टोलीले नियन्त्रणमा लिएको हो ।
तस्करीको लाइन मिलाईदिने भन्दै साहले कपडा व्यापारीसाग घुस मागेको अख्तियार स्रोतले जनाएको छ। अख्तियारकोले कलैया उपमहानगरपालिका ४ स्थित चोकबाट साहलाई नियन्त्रणमा लिएको हो ।











प्रतिक्रिया