
काठमाडौं, १४ कात्तिक । ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेका नेताहरु समेत भेट्न नपाई फर्केका छन् ।
नियमित स्वास्थ्य परिक्षणका लागि भन्दै ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री ओली बुधबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत छन् ।
नेताहरुले समेत प्रधानमन्त्रीलाई भेट्न नपाएपछि चिकित्सकहरुसंग सामान्य जानकारी लिएर फर्केका हुन् ।
प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको चिकित्सकले बताएका छन् ।











प्रतिक्रिया