११ मंसिर २०८३, शुक्रबार

राप्रपा अध्यक्ष कमल थापा स्वदेश फिर्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । राप्रपा अध्यक्ष कमल थापा सप्ताहब्यापी चीन भ्रमण सम्पन्न गरि आज स्वदेश फर्कनु भएको छ ।

गत ८ कात्तिकमा आइटिएफ ग्रेड वान टुर्नामेन्ट अन्तर्गत आइटिएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग लिन थापा चीन गएका थिए ।

थापाले टेनिस प्रतियोगिताको पहिलो खेलमा जितेका थिए भने दोस्रो खेलमा अग्रता कायम रहादारहादै खुट्टाको पिडौंला र तिघ्रामा समस्या आई ढाडसम्म समस्या बढेपछी अस्वस्थ्यताका कारण बिचमै खेल छाडेका थिए ।

थापालाई स्वागत गर्नं आज त्रिभुवन बिमानस्थलमा नेता कार्यकर्ताहरुले भेला भएका थिए । उहााको अहिले स्वास्थ सामान्य रहेको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।