काठमाडौं, १४ कात्तिक । काठमाडाैंकाे पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा छठ पर्वको तयारी शुरू भएको छ।
गुह्येश्वरी छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावटलगायत काम सुरु गरेको हो । शुक्रबारसम्म सबै तयारी पूरा हुने समितिका अध्यक्ष रामबाबु महासेठले जानकारी दिएका छन् ।
विज्ञापन
गत वर्ष ४५० छठ घाट बनाइएकामा यस वर्ष ६५६ भन्दा बढी बनाउन लागिएको उनले बताए । त्यसमध्ये ३०० भन्दा बढी घाट व्रतालुले लिइसकेका छन् ।
पछिल्लो समय पहाड एवं हिमालवासीले पनि सूर्य आराधनाको पर्व छठ मनाउन थालेका छन् । गुह्येश्वरीमा मात्र वार्षिक लाखौँ व्यक्तिले कार्तिक शुक्ल षष्ठी तिथिमा छठ पर्व मनाउने गरेका छन् ।











प्रतिक्रिया