बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

ज्ञानेन्द्र मल्ल राष्ट्रिय क्रिकेट टिमको कप्तान

दैनिक नेपाल २०७६ कार्तिक १४ गते ८:२३

काठमाडौं, १४ कात्तिक । राष्ट्रिय क्रिकेट टिमको कप्तानीको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ ।

बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले मल्ललाई क्रिकेट टिमको कप्तानीको जिम्मेवारी दिएको हो । गत असोज २८ गते पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गरेसँगै मल्ललाई कप्तानीको जिम्मेवारी दिइएको हो ।

आइसीसीले क्रिकेट संघको निलम्बन फुकुवा गरेको भोलिपल्टै असोज २८ गते खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए ।

पारसले राष्ट्रिय टिमको कप्तानी गर्दा ज्ञानेन्द्रले उपकप्तानको भूमिका निभाउँदै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित