११ मंसिर २०८३, शुक्रबार

रामेछापमा खुकुरी हानाहान, छ जना घाइते

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, १४ कात्तिक । रामेछाप जिल्लाकाे गोकुलगंगा गाउँपालिका वडा नं–६, फर्पुमा मंगलबार राति स्थानीय युवाहरूबीच पिङको विषयमा भएको झगडाले उग्र रुप लिएपछि दुई पक्षबीच खुकुरी हानाहान भएको छ ।

घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेहरूमा स्थानीय सुशील तामाङ, धनबहादुर तामाङ, पदमबहादुर तामाङ, गोविन्दबहादुर तामाङ, सोमबहादुर गोलेलगायत रहेका छन् ।

घाइते ६ जनाकै जिल्ला सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

तिहार मनाउन घर आएका युवाहरुबीच मंगलबार दिउँसो पिङ खेल्ने क्रममा विवाद भएको थियो । दिउँसोकाे विषयलाई लिएर राति पनि विवाद बढेपछि युवाहरुबीच खुकुरी हानाहान भएको हो ।