वीरगन्ज, १४ कात्तिक । रौतहटको सदरमुकाम गौरमा गोली चलेको छ । गोली चल्दा एक भारतीय नागरिक घाइते भएका छन् ।
घाइते हुनेमा भारतको बिहार राज्य घर भएका ४५ वर्षीय विजय साह रहेका छन् । उनको पेटमा गोली लागेको छ ।
कपडा तस्करले गोली प्रहार गरेको उनले आरोप लगाएका छन् । गौरको वडा नं ३ स्थित विद्युत प्राधिकरण अगाडि गोली चलेको थियो ।
घाइते साहका अनुसार गोली हान्ने पनि भारतीय नागरिक नरेश राम हुन् । आन्तरिक विवादका कारण गोली प्रहार भएको प्रहरीको अनुमान छ ।
साहको जिल्ला अस्पताल गौरमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगन्ज रेफर गरिएकाे छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक डिएसपी नवीन कार्कीले जानकारी दिएका छन् ।











प्रतिक्रिया