३ कार्तिक २०८३, मंगलबार

नियमित स्वास्थ्य परीक्षण सकाएर बालुवाटार फर्किए प्रधानमन्त्री ओली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,१३ कार्तिक ।  नियमित स्वास्थ्य परिक्षणका लागि ग्राण्डी इन्टरनेशनल अस्पताल पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको नियमित स्वास्थ्य परीक्षण सकिएको छ ।

बुधबार बिहान नियमित स्वास्थ्य परीक्षणका लागि पुग्नुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । उहाँ नियमित स्वास्थ्य परिक्षण सकाएर बालुवाटार फर्कनुभएको छ ।

१२ वर्षअघि मिर्गौला फेरेकाले उहाँले नियमित स्वास्थ्य परीक्षण गराउँदै आउनुभएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गएको भदौ महिनामा उहाँले सिंगापुरको नेशनल युनिर्भ्सिटी अस्पतालमा उपचार गरेर आएपछि प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य परीक्षण गर्दै आउनुभएको छ ।