११ मंसिर २०८३, शुक्रबार

दाङमा कांग्रेसको अड्डामा जुवाको छापा, ६ लाख ७८ हजारसहित ८ जना जुवाडे पक्राउ

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

घोराही, १३ कात्तिक । चाडपर्वमा रमाईलो गर्ने नाममा ठूलो धनराशी राखेर जुवा खेल्नेहरुलाई दाङ प्रहरीले धमाधम पक्राउ गर्दै आएको छ ।
तर पनि लुकिछिपी शहरदेखि गाउँसम्म जुवाका खेलहरु हुँदै आएका छन् ।

अहिलेको जुवा छापामा राजनीतिक नेता समेत परेका छन । यसैक्रममा प्रहरीले लमही नगरपालिका वडा नम्बर ५ वाट ६ लाख ७८ हजार ५ सय नगद, १३ गड्डी नखोलेको तास, ३ गड्डी खोलेको तास, कौडा ३२ थान सहित ८ जना जुवाडे प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा लमही ५ का रत्न प्रसाद श्रेष्ठ, वडा नम्बर ८ का प्रताप खड्का, कर्ण बहादुर बुढाथोकी, अमर बहादुर तामाङ, मुकेश चौधरी, अशोक कुमार खड्का, वडा नम्बर ६ का भविराज सुनार र सोहि ठाउँका खिम पुन रहेका छन् ।

जुवामा पक्राउ पर्नेमा प्रताप खड्का कांग्रेस नेता स्व. खुमबहादुर खड्काका भतिजा हुन् भने पक्राउ पर्नेमा अर्का पनि कांग्रेस नेत कर्णबहादुर बुढाथोकी खुमबहादुरकै सम्धी हुन् ।

खुमबहादुरको आडमा भतिजा प्रतापले लमहिमा आफ्नो राज गर्दै आएका थिए भने बुढाथोकि भने गएको प्रदेश सभा सदस्य दावी गरेका थिए । पक्राउ परेका सुनुवार माओवादी कार्यकर्ता हुन् ।

जुवा खेलाउने रत्नप्रसाद श्रेष्ठ हालै मात्रै कांग्रेसमा प्रवेश गरेका हुन । कांग्रेसमा प्रवेश गरेका श्रेष्ठ लमहि उबासघका अध्यक्ष पनि हुन । श्रेष्ठले आफ्नो पदिय मर्यादा नै भुलेर जुवा खेलाउदै आएका थिए ।

सुरुमै जुवा खेलमा प्रहरि भित्र छिरि सकेको थियो । प्रहरीले दर्शक बनेर जुवा हेरि रहेका थिए । जब जुवा सुरु हुने बेला प्रहरीले भिडियो समेत बनायो । प्रहरी छिरेको जुवाडेहरुले पत्तै पाएन । जब प्रहरीले तास फिट्न थालेपछि सुरुमै पक्राउ गर्न खोज्यो । जुवाडेहरु जम्मा हुँदै थिए ।

तर प्रहरी आत्तीहाल्यो, अलि केहि बेर कुरेर बसेको भए दाङ प्रहरीले जुवामा ठुलो सफलता पाउथे । जुवाकै सुरुमै प्रबेश गरेका प्रहरी आत्तिएपछि प्रहरिले नजिकैको लमहिको वडा प्रहरी कार्यालयलाई फोन हान्यो । जुवाडेहरु जम्मा हुदै थिए । तर लमहीको प्रहरी खासै आत्तिएन ।

प्रहरीले फोन गरेको झन्डै आधा घण्टासम्म जुवा भएको घरमा लमहिको प्रहरि पुग्न ढिला गर्यो । प्रहरि नै त्यहा पुग्न ढिला गरेपछि थप प्रहरी टोली घोराहीबाट समेत जाने तयारीमा थियो ।

जुवा भएको आधाघण्टापछि मात्रै लमहीको प्रहरी टोली पुग्नुले ढिलो गरेर नियन्त्रण गर्न खोज्नुले पनि जुवामा प्रहरीको सेटिङ थियो कि भन्ने आशंका थप बल पुगेको छ ।

जुवामा दाङ प्रहरीले खासै ठुलो सफलता पाउन सकेको छैन । केही दिन अगाडि मात्रै पनि दाङ प्रहरीले जिल्ला भरिका जुवा खेलाउनेलाई पक्राउ गरेपनि पछि तारिखमा छाडेको थियो ।

पक्राउ परेका विरुद्ध मूलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को (जुवा सम्बन्धी) कसुरमा मुद्दा दर्ता भई आवश्यक कारवाही अगाडी बढाइने उनले बताए । तर जुवाडेले सहि नाम नदिएर प्रहरीलाई झुक्याउने गरेका छन । प्रहरीले झुक्याएर दिएको नामलाई सार्वजनिक गरेको छ ।