
काठमाडौँ, १३ कात्तिक । एक १९ वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दाङको तुलसीपुर–१८ सन्देश शर्मा पोखरेल र नुवाकोटको ककनी गाउँपालिकाका ज्ञानेन्द्र गजुरेल छन् ।
उनीहरुलाई कात्तिक ३ गते पक्राउ गरेर प्रहरीले बलात्कार मुद्दामा अनुसन्धान गरिरहेको छ ।
कुमारीपाटी बस्दै आएका पोखरेलले एक युवतीलाई असोज २९ गते आफ्नो कोठामा बोलाएका थिए ।
त्यसपछि गजुरेल र पोखरेल मिलेर बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएकी थिइन् ।











प्रतिक्रिया