
काठमाडौं,१३ कार्तिक । बुधबारका लागि निर्धा्रित मलेसियाको क्वालालम्पुर(काठमाडौं उडान नेपाल एयरलाइन्सले रद्द गरेको छ।
थोरै यात्रु भएपछि उडान रद्द गरिएको एयरलाइन्सका अधिकारीहरुले बताएका छन्। मलेसियाको स्थानीय समयअनुसार बिहान ६ बजेर १५ मिनेटमा उडान तोकिएको थियो।
एयरलाइन्सले १५६ सिटको एयरबस ए३२० जहाजबाट यो रुटमा उडान गरिरहेको छ। आजको उक्त उडानका लागि २९ जना यात्रुको बोर्डिङ पास भएको थियो।
अधिकारीहरुका अनुसार अव भोलि विहान उडान हुने छ ।











प्रतिक्रिया