
काठमाडौं,१३ कार्तिक । बंगलादेश टेष्ट क्रिकेट टिमका कप्तान शकिब अल हसन भ्रष्टाचारको आरोपमा २ वर्ष प्रतिवन्धमा परेका छन् ।
अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भ्रष्ट्राचार सम्बन्धि नियम उलंघन गरेको भन्दै शकिबलाई सबै खाले क्रिकेटमा एक वर्ष निलम्बनसहित २ वर्षको प्रतिबन्ध लगाएको बिबिसीले जनाएको छ ।
आईसीसीको एन्टी करप्सन युनिटले लामो अनुसन्धानपछि शकिबलाई दोषी ठहर गरेको हो । शकिबले एन्टी करप्सन कोडको तीन मुख्य नियम उलंघन गरेको आईसीसीको आरोप छ ।
शकिबले विभिन्न खेलमा खेल बेटिङका लागि आएको प्रस्तावबारे आईसीसीलाई नदिएको बताइएको छ ।
सन् २०१८ मा बंगलादेश, श्रीलंका र जिम्बावेबीचको त्रिकोणात्मक सिरिज र इण्डियन प्रिमियर लिग चरणका विभिन्न खेलमा बेटिङको सूचना पाएपनि हसनले जानकारी नगराएको आरोप लगाइएको छ ।















प्रतिक्रिया