११ मंसिर २०८३, शुक्रबार

धनुषामा गोलीसहित एक भारतीय पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,१३ कार्तिक । एक भारतीय युवक गोलीसहित धुनषामा पक्राउ परेका छन् । धनुषाको बिदेही नगरपालिका–९ इटहर्व बोर्डरमा जाँचको क्रममा १८ वार्षिय युवक पक्राउ परेका हुन् ।

भारतको मधुवनी हर्लाखी थाना बिसौल घर भएका १८ वर्षीय सुमित मण्डललाई प्रहरीले पक्राउ गरेको हो । चेकजाँचको क्रममा प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर३२ ए१७०३ नम्बरको मोटरसाइकलमा सवार मण्डललाई गोलीसहित पक्राउ गरेको हो ।

मण्डलसँगै आएका अन्य तीन जना युवा भने भाग्न सफल भएको प्रहरीले जनाएको छ । पक्राउ परेका मण्डलको साथबाट प्रहरीले २ राउण्ड गोली बरामद गरेको छ ।