
काठमाडौं,१३ कार्तिक । नेवार समुदायले आज भाइटीका लगाउँदैछन् । हिजो नेवार समुदायको म्हः पूजा परेका कारणले आज भाइटीका लगाउन लागेका हुन् ।
नेवार समुदायले भाइटीका १३ गते मनाउने भन्दै विदा दिन प्रधानमन्त्रीसँग आग्रह गरेपछि सरकारले आज पनि सार्वजनिक विदा दिएको हो हिजो नेपाल सम्वतको नयाँ वर्ष भएकाले आज किजा पूजा अथवा भाइटीका लगाउन लागेका हुन् ।
नेपाल पञ्चांग निर्णायक समितिले भाइटीकाकै दिन म्हः पूजा गर्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार कतिपयले हिजो नै म्हः पूजा गरेका हुन् ।











प्रतिक्रिया