
काठमाडौं, १३ कात्तिक । स्वास्थ्य जाँचका लागि ग्रान्डी अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई धपेडी बढी भएको चिकित्सकल बताएका छन् ।
उनलाई केही दिन अस्पतालमै वा डाक्टरसहित शान्त ठाउँमा आरा मगर्नका लागि सुझाव दिइएको छ ।
मिर्गौला प्रत्यारोपणको लामो समयपछि पनि प्रधानमन्त्री ओली सक्रिय रहेका छन् । हालै मात्र सिंगापुरमा उपचार गरी फर्किएका उनलाई धपेडी नगर्नका लागि सुझाव दिइएको थियो । तर राजनीतिक भेटघाट तथा विभिन्न कार्यक्रममा उनको सहभागीता रहँदै आएको छ ।
‘अहिले धेरै धपेडी नगरी आराम गर्नका लागि चिकित्सकले सुझाव दिएका छन् । बरु, अस्पतालमा बसेरै भए पनि केही दिन आराम गर्नुपर्ने देखियो’, ग्रान्डी अस्पताल स्रोतले भन्यो,‘प्रधानमन्त्रीको थप स्वास्थ्यका बारेमा अस्पतालले विज्ञप्ति जारी गरेरै जानकारी दिनेछ ।’











प्रतिक्रिया