
काठमाडौँ, १३ कात्तिक । खोटाङमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् ।
दिक्तेलबाट विराटनगर जाँदै गरेको को १ ख ६२२० नम्बरको बस हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित कामीडाडाँमा बुधबार बिहान सडकभन्दा ५० मिटर तल बस खसेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
दुर्घटनापछि चालक जेवी तामाङ फारार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै घाइतेहरुको दिक्तेल अस्पतालमा उपचार भइरहेको छ ।











प्रतिक्रिया