मंगलबार, २६ कार्तिक २०७६
DainikNepal.com
मंगलबार, २६ कार्तिक २०७६

सुँगुरकाे मासुले ठगकाे पाेल खुल्याे

दैनिक नेपाल २०७६ कार्तिक १३ गते ७:०६

न्युयाेर्क । अमेरिकामा ३० वर्षसम्म साउदी राजकुमार बनेर करोडौं ठग्ने एक जना ठगको पर्दाफास भएकाे छ ।

फ्लोरिडाको अदालतले एन्थोनी गिग्नेक नाम गरेका सो व्यक्तिलाई जालसाजीको मामिलामा १८ वर्षको जेल सजाय सुनाएकाे हाे ।

४८ वर्षीय गिग्नेकले आफूले आफैंलाई साउदी राजकुमार भएको बताउँदै ८० लाख डलर ठगी गरेका थिए ।

अदालतको दस्तावेजअनुसार केही मुलुकमा उनलाई यसअघि नै जालसाजीको मामिलामा सजाय सुनाइसकिएको थियो । सरकारी निगरानीमा रहने सजायको क्रममा पनि उनले खालिद बिन अल–साउदको नामबाट ठगी गरेका थिए ।

मानिसलाई भरोशा दिलाउन उनी साउदी पारम्पराका पहिरनका साथै महँगो घडी र आभूषण लगाउने गर्थे ।

मानिसलाई जालमा पार्न उनी धेरै पटक आफ्नो निजी विमानबाट यात्रा गर्ने गर्थे । उनले आफ्नो बिजनेश कार्डमा पनि नामको अगाडि सुल्तान लेखेका थिए ।

शाही प्रोटोकल भन्दै उनी आफ्ना लगानीकर्तासँग महँगा उपहारको माग गर्ने गरेका थिए । गिग्नेकले लगानीकर्तालाई विश्वभरको यस्तो कम्पनीमा पैसा हाल्न लगाएका थिए । जसको कुनै अस्तित्व छैन ।

गिग्नेकको जन्म कोलम्बियामा भएको थियो । सात वर्षको उमेरमा अमेरिकाको मिशिगन राज्यको एक दम्पत्तिले उनलाई आफ्नो धर्मपुत्र पालेका थिए । १७ वर्षको उमेरदेखि उनले आफैंलाई शाही परिवारको सदस्य बताउँदै ठगी गर्न शुरु गरेका थिए । शुरुमा उनले क्रेडिट कार्ड कम्पनीलाई निशाना बनाएका थिए ।

सन् २०१७ मा उनी मियामीको एक होटलमा लगानी गर्न चाहन्थे । यस विषयमा भइरहेको कुराकानीको क्रममा होटल मामिकलाई उनीमाथि शंका भएको थियो ।

किनकी त्यतिबेला उनी सुँगुरको मासु खान पनि तयार देखिएका थिए । होटल मालिकले निजीस्तरमा छानबिन गर्दा गिग्नेकको वास्तविक पहिचान खुलेको थियो ।

प्रतिक्रिया
सम्बन्धित