११ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा चार बहिनीकाे हातबाट टीका ग्रहण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १२ कात्तिक । प्रधानमन्त्री केपी ओलीले चार जना बहिनीको हातबाट तिहारकाे भाइटीका लगाएका छन् ।

मंगलबार बिहान बालुवाटारस्थित सरकारी निवासमा ओलीलाई बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला, देवका शिवाकोटी र विष्णुकुमारी पौडेलसँग टीका लगाएका हुन् ।

भाइटीकाको शुभसाईत ११ बजेर ५५ मिनेटमा भए पनि १ बजेर ३८ मिनेट जाँदा ओलीले पत्नी राधिका शाक्यसहित आफ्ना बहिनीहरूबाट भाइटीका ग्रहण गरेका थिए ।

उनले पनि बहिनीहरूलाई टीका लगाइदिएका छन् ।

प्रधानमन्त्री ओलीले चाडपर्वका बेला नराम्रा क्रियाकलाप नगर्न अपील गरेका छन् । तिहारमा जुवा, तास खेल्नेलगायतका विकृति र विसंगतिजन्य क्रियाकलाप भइरहँदा प्रधानमन्त्री ओलीले त्यस्ता खालका नराम्रा क्रियाकलाप छोड्न सबैलाई आग्रह गरे ।