काठमाडाैं, १२ कात्तिक । काठमाडाैं प्रहरीले बलात्कार अभियोगमा रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) का विद्यार्थी नेता इन्द्रहांग राई पक्राउ परेका छन् ।
प्रहरीले उनलाई बलात्कार अभियोगमा आज बिहान पाँच बजे पक्राउ गरेको हो । उनी अखिलका केन्द्रीय सदस्य पनि हुन् ।
महानगरीय प्रहरी वृत्त वौद्धले उनलाई जोरपाटीवाट पक्राउ गरेको जनाइएकाे छ । आरआर क्याम्पसका स्ववियु सहसचिव भएको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र वोगटीले जानकारी दिए ।
पक्राउ परेका राई र पीडित युवतीको दिदीवीच प्रेम सम्वन्ध रहेको खुलेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार राईले प्रमिकाकी बहिनीलाई मध्यरातमा चक्कु देखाएर बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरी अनुसन्धान शुरु गरएको छ ।











प्रतिक्रिया