लण्डन, १२ कात्तिक । अमेरिकी सेनाले पुष्टि गरेको छ कि इस्लामिक स्टेट समूह का नेता अबू बक्र अल बग्दादीको शव अवशेषको अन्तिम क्रिया पूरा गरिएको छ । तर कहाँ र कसरी गरियो भन्ने बारे कुनै सूचना दिइएको छैन ।
चेयरमैन अफ द जाइन्ट चिफ्स अफ स्टाफका जनरल मार्क मिलीले एक पत्रकार सम्मेलनमा भनेका छन् कि उनको मृत्युलगत्तै शव अवशेषको डिएनए परीक्षण गरिएको थियो ।
उनले भने, ‘बग्दादीको मृत्यु लगत्तै डिएनए टेस्ट गरिएको थियो र उनको पहिचान पुष्टि भएको थियो । त्यसपछि अन्तिम क्रिया सम्पनन गरियो ।’















प्रतिक्रिया