११ मंसिर २०८३, शुक्रबार

आगलागी हुँदा अछाममा नगद ४ लाख २५ हजार जल्याे

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, १२ कात्तिक । अछाम जिल्लामा दीपावली गर्न बालेको मैनबत्तीबाट घरमा आगलागी भएको छ ।

चौरपाटी गाउँपालिका वडा नम्बर ५ गड्सीलस्थित गगन खड्काको घरमा आगलागी भएको गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउंदले बताएका छन् ।

सोमबार राति दीपावली गर्न प्लाष्टिकको अटेजीमा मैनबत्ती बाल्दा मैनबत्तीबाट आगो सल्केर ४ लाख २५ हजार बराबर नगद रुपियाँ र एक तोला सुन जलेर नष्ट भएको छ ।

साउँदले भने, ‘४ लाख २५ हजार रुपियाँ थियो सबै जलेको छ, तीमध्ये आधा जलेको पैँसा काम नलाग्ने एक लाख ३५ हजार रुपियाँ र एक तोला सुन फेला परेको छ ।’

आगलागीबाट अन्य दुई वटा बाकस, लत्ता कपडा, दुई तोला सुन, कागजपत्र लगायतका सामान जलेर नष्ट भएको साउँदले बताए ।