११ मंसिर २०८३, शुक्रबार

थुम्सीमा बसले ठक्कर दिंदा दुई जनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, १२ कात्तिक । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ९ थुम्सीमा साेमबार राति बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

गैडाकोट प्रहरीका अनुसार काठमाडौंबाट दाङतर्फ आउँदै गरेको ना ५ ख ६६३७ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको ना १० प ६५२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक गैडाकोट ७ बस्ने वर्ष २४ का प्रकाश सापकोटा र मोटसाइकलमा सवार २५ वर्षका सन्तोष जिसीको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते दुवैको पुरानो मोडिकल कलेज चितवनमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएकाे छ ।