११ मंसिर २०८३, शुक्रबार

बसले किचेर किशोरीको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरेन्द्रनगर । सुर्खेतकाे चिङ्गाड गाउँपालिका-३, चिउडुवामा बसले किचेर साेमबार एक किशोरीको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतबाट जाजरकोटको शिवालय जाँदै गरेको लु १ ख ४८२३ नम्बरको यात्रुबाहक बसले किच्दा दैलेखको डुङ्गेश्वर गाउँपालिका-४, अवलपराजुलकी १४ वर्षीया कमला बुढाको घटनास्थलमै ज्यान गएको हो ।

उकालोमा बढी चाप धान्न नसकेर पछाडि गुडिरहेको अवस्थामा अत्तालिएर ढोकाबाट हाम फाल्दा बुढाको त्यसै बसको चक्काले किचेर ज्यान गएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।