११ मंसिर २०८३, शुक्रबार

देउसी खेल्ने समूहकाे ट्याक्टर दुर्घटना हुँदा १५ घाइते, ४ जना गम्भीर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, ११ कात्तिक । देउसी भैलो खेल्न हिँडेको समूहको ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी गुल्मीमा १५ जना घाइते भएका छन् भने ४ जनाको अवस्था गम्भीर रहेकोे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार जिल्लाको इस्मा गाउँपालिका ६ मदनभण्डारी राजमार्गमा बुल्मबाट चौरासीतर्फ जाँदै गरेको लु ३ त ४०२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा इस्मा गाउँपालिका ६ बुल्म घर भएकाहरु ४० वर्षे भुपेन्द्र कुमाल, २३ वर्षे पदम कुँवर, १२ वर्षे शेरे कुमाल, २९ वर्षे प्रेम कुमाल घाइते मध्ये गम्भीर घाइते रहेको र उनको पाल्पामा उपचार भइरहेको बताइएको छ ।

दुर्घटनामा परेका घाइते मध्ये ११ जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको अवस्था सामान्य रहेको छ । दुर्घटनामा परेको ट्याक्टर सडकमै पल्टीएको र चालक फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।