११ मंसिर २०८३, शुक्रबार

भारतमा मजदुरी गर्न गएका तीन दाजुभाईको हत्या, बोहरा पत्नी किन फरार भइन् ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । भारतमा मजदुरी गर्न पुगेका तीन दाजुभाईको हत्यापछि एककी पत्नी फरार भएकाले अनुसन्धान त्यहाँबाट थालिएको छ ।

भारतको पिथौरागढमा तीन नेपाली मजदूरको ८ कात्तिकमा हत्या भएको थियो । पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको विवरण प्राप्त भएको छ ।

मृतक मध्ये हरेकी पत्नी किर्रा बोहरा फरार रहेकाले अनुसन्धान त्यहाँबाट थालिएको जनाइएको छ । घटनामा उनको संलग्नता हुन सक्ने या हत्यारा समूहबाट लखेटिएको पनि हुनसक्ने आँकलन गरिएको छ ।

भारतीय प्रहरीले तीनवटा बेग्लाबेग्लै समूह गठन गरी अनुसन्धान थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । धारिलो हतियार प्रहार गरी दाजुभाईको हत्या गरिएको थियो ।  हरे र बीरा सहदोर भाइ हुन् ।

पिथौरगढको सिलौलमड भन्ने ठाउँमा गएको डेढ वर्षयतादेखि मजदूरी गर्दै आइरहेका उनीहरुको शवलाई पिथौरागढ जिल्ला अस्पतालमा राखिएको छ ।

बीरा केही महीना अघि मात्रै दाजुभाउजूलाई भेट्न पिथौरागढ गएका थिए ।