महोत्तरी, ११ कात्तिक । प्रहरीले ठूलो परिमाणको अवैध नोटसहित विभिन्न स्थानबाट २ जनालाई पक्राउ गरेको छ ।
उनीहरूको साथबाट स्वदेशी र विदेशी गरी १६ लाख ७५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीको विशेष टोलीले जलेश्वर नपा ३ स्थित दशगजा क्षेत्रबाट जनकपुर उपमहानगरपालिका ८ का ३२ वर्षीय विजय महासेठलाई शनिबार बिहान ५ लाख ७५ हजार भारतीय नोटसहित पक्राउ गरेको हो । बरामदमध्ये २ हजार दरका सय थान र बाँकी ५ सय दरका नोट छन् ।
टोलीले एक घण्टाको अन्तरालमा फेरि अर्का युवालाई स्रोत नखुलेको मोटो रकमसहित नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाका अनुसार मटिहानी नपा २ आवर गाउँ पुगेको टोलीले जनकपुरतर्फ जाँदै गरेका मटिहानी ६ का २४ वर्षीय जीवनकुमार पूर्वेलाई तलासीका क्रममा उनले बोकेको झोलाबाट विभिन्न दरका नोटसहित ११ लाख रुपैयाँ बरामद गरेको हो ।
सीमा क्षेत्रमा नेपाली तथा भारतीय रुपैयाँको अवैध कारोबार गर्ने गिरोह सक्रिय रहेको सूचना आधारमा पिछा गर्दै जाँदा महासेठ र पूर्वे पक्राउ परेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।











प्रतिक्रिया