
दाङ, कार्तिक १० । तत्कालीन वेष्टर्न बैँक हालको देव विकास बैँकको करीव १८ करोड घोटाला प्रकरणमा मुछिएका सञ्चालकहरु, सिइओसहीत ५६ जना विरुद्ध सम्पत्ति छानविनका लागि सम्पत्ति शुद्धीकरण विभागमा मुद्धा परेको छ ।
राष्ट्र बैँकले बैँकको घोटाला प्रकरणमा छानविन गर्नेक्रममै सुृरुमा नै उजुरी सम्पत्ति शुद्धीकरण विभागमा पनि पठाएको हो । जिल्ला प्रहरी कार्यालय दाङले बैँक घोटाला छानविनकै क्रममा राष्ट्र बैँकले पनि जिप्रका दाङ र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएको जनाएको छ ।
राष्ट्र वैँकको उजुरीपछि शुद्धीकरण विभागले सबैको विवरण लगिसकेको पनि दाङका प्रहरी प्रमुख एसपि जनक भट्टराइले जानकारी दिनु भयो ।
उहाले सुरुमै राष्ट्र बैँक, सिआइवि र जिप्रका टोलिले अनुसन्धान गर्नेक्रममा राष्ट्र बैँकवाट सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परीसकेको र प्रहरी वैँक घोटाला अनुसन्धानकाक्रममा पनि सम्पत्ति शुद्धीकरण गर्नुपर्ने निष्कर्ष निकालिएको बताए ।
‘राष्ट्र वैँकवाटै सुरुमै वैँक घोटालाको छानविन गर्नेक्रममै उजुरी सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परीसकेको छ, जुन घटनाको अनुसन्धान गर्ने वेलामा जिप्रका र विभागमा उजुरी गरीएको हो ।
एसपी भट्टराइले भने–हाम्रो प्रहरीले पनि घोटाला अनुसन्धान गर्नेक्रममा मुद्धा चलाईएका सबै विरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा सम्पत्ति छानविनका लागि अदालतमार्फत सिफारीस गरेको छौँ, प्रहरीले अनुसन्धान सकेर सम्पत्ति शुद्धीकरण गर्न बैँकीङ कसुरमा आरोपित सबैलाई(जसको सम्पत्तिको स्रोत खुलेको छैन) अदालतमा बुझाइसकेका छौ, अव अदालतले नै विभागमा पठाउँछ ।’
देव विकास बैंकमा भएको १८ करोड रकम हिनाहिना प्रकरणमा उच्च अदालत तुलसीपुरले पाँच जनालाई थुनामा राख्न, चार जनालाई धरौटीमा र दुई जनालाई साधारण तारेखमा छोड्न आदेश दिइसकेको छ ।
अदालतले बैंकका म्यानेजर समिर बुढाथोकी, कर्मचारी अनिलकुमार न्यौपाने, खातावालाहरू वसन्तबहादुर बस्नेत, झगबहादुर डिसी र विजयकुमार गुप्तालाई थुनामा राखेर कारवाही गर्न आदेश दिएको थियो ।
त्यसैगरी, अभियुक्त चार जनालाई धरौटी माग गर्दै छोड्न आदेश दिएको छ । पोषणप्रशाद जैसीसँग २० लाख, वीरेन्द्रकुमार गुप्तासँग २० लाख, अर्जुन बस्नेतसँग २७ लाख, मतकुमार पौडेलसँग ५ लाख धेरौटी माग गरिएको उच्च अदालतका सूचना अधिकारी प्रेम खड्काले जानकारी दिनुभयो ।
सञ्चालकहरु, सिइओसहीत अन्य सबै मुद्धामा नै फरार रहेको भनिएको छ । बैंकको १८ करोड बढी हिनामिना प्रकरणमा ५६ जना प्रतिवादीमध्ये १३ जनालाई मात्रै प्रहरीले पक्राउ गर्न सकेको छ । अन्य सबै ४३ जना फरार प्रतिवादीको हकमा कानुन बमोजिम म्याद जारी गरेर कारवाही अगाडि बढाउन अदालतले निर्देशन दिएको छ ।
विजयकुमार श्रेष्ठको जाहेरीले पक्राउ परेका बैंक म्यानेजर बुढाथोकीसहित सरकारी वकिलको कार्यालयले ५६ जना प्रतिवादीविरुद्ध अदालतमा आइतबार बैंकिङ कसुर सम्बन्धी मुद्दा पेश गरेको थियो । वाणिज्य इजलासमा १३ जना प्रतिवादीलाई भने अभियोग पत्रसाथै पेश गरिएको थियो ।
बैंकका म्यानेजर बुढाथोकी पक्राउ परेपछि उनको बयानका आधारमा अन्य १२ जनालाई पक्राउ गरेर प्रहरीले झन्डै ६० दिन थुनामा राखी अनुसन्धान गरेपछि अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो ।
घोराही उपमहानगरपालिका वडा नं १० नारायणपुरस्थित तत्कालीन वेष्टर्न डेभलपमेन्ट बैंक तथा हालको देव विकास बैंकबाट उक्त रकम हिनामिना भएको मुद्दा देव बैंकका विजयबहादुर श्रेष्ठले दायर गरेका थिए ।
गत असारमा मात्रै वेष्टर्न डेभलपमेन्ट बैंक देव विकाससँग मर्ज भएको थियो । जिल्ला सरकारी वकिल कार्यालय दाङका कार्यालय प्रमुख सुशिल देवकोटाले तत्कालीन वेष्टर्न बैँक नारायणपुर हाल देव विकास बैँकका म्यानेजर समिर बुढाथोकीलाई मुख्य योजनाकार र अन्य बैँक सञ्चालक, ऋण वोर्डका सदस्य, अडिटर, बैँकका सिइओसहितका कर्मचारीहरु र खाताको रकम दुरुपयोग गर्नेलाई सहयोगीका रुपमा मुद्धा दर्ता गरिएको जानकारी दिए ।
सरकारी वकिल कार्यालयले बैँक हिनामिना प्रकरणमा तत्कालीन बेष्टर्न बैँकका सञ्चालकहरु बैँक सञ्चालक तथा ऋण वोर्डका सदस्य खड्ग बुढाथोकीसहित बैँक सञ्चालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकी, सञ्चालकहरु अर्जुन बुढाथोकी, वेगमबहादुर भण्डारी, शेषमणि गौतम, निर्मल देवकोटामाथि बैंकिङ कसुर मुद्धा चलाइएको कार्यालय प्रमुख देवकोटाले जानकारी दिनु भयो ।
त्यस्तै हिनामिना प्रकरणमा तत्कालीन बेष्टर्न बैँकका सिइओ खिमबहादुर डिसि, बैँकका कर्जा विभाग प्रमुख अनिल कुमार न्यौपाने, वुटवलका अडिटर प्रेम भुर्तेल, लोन सहायक पोषणराज जैसि, सहायक सिर्जना थापासहीत ६ जना र खाताको रकम दुरुपयोग गरेकोमा बसन्त बहादुर बस्नेतसहीत ४३ जनामाथि मुद्दा दर्ता गरीएको थियो ।
सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको मुद्धामा १८ करोड ३ लाख ७२ हजारको दोब्वर विगा (३६ करोड बढी) सहित वमोजीम जरीवाना र अभियुक्तलाई कैद सजायको माग गरीएको छ ।
कार्यालय प्रमुख देवकोटाले तत्कालीन व्राञ्च म्यानेजर बुढाथोकिले कृत्रित ३६ जनाको नक्कली कर्जा बनाई गलत कर्जा प्रवाह गरी बैँकको सो रकम हिनामिना गरेको अनुसन्धानकाक्रममा देखिएको बताए ।
उनले हिनामिना प्रकरणमा सिइओ, लोन अधिकृतसहीत कर्मचारी र वैँक सञ्चालकहरुले कृतिम नक्कली कर्जा बनाउँदासमेत चरम लापरवाही देखिएको जानकारी दिए ।
उनले अनुसन्धानका क्रममा एकै दिन बैँकको हिसाब किताब अडिट गरीएको पनि खुल्न आएको बताए । व्राञ्च म्यानेजरले २ लाख भन्दा बढि कर्जा नै प्रवाह गर्न नपाउने नियम रहेकोमा यति ठुलो रकम हिनामिना भएकाले यसमा बैँक सञ्चालक, सिइओकोे चरम लापरवाही देखिएको देवकोटाको भनाई छ ।
सबैलाई एउटै विगो बमोजिम जरीवाना र कैद माग गरीएको पनि उहाले बताउनु भयो। बैकिङ कसुर मुद्धामा विगो बमोजिम जरीवानासहित दुई वर्षदेखि ६ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको वकिल कार्यालयले जानकारी दिएको छ ।
अनुसन्धानका क्रममा सुरुमा गल्ती व्राञ्च म्यानेजरको देखिन्छ । त्यसपछि कर्जा विभाग प्रमुख हुँदै सिइओको प्रष्टरुपमा लापरवाही नै हो । त्यतिमात्रै होइन, बैँक सञ्चालक, ऋण वोर्ड सदस्यको त झनै ठुलो चरम लापरवाही अनुसन्धानका क्रममा देखियो–कार्यालय प्रमुख देवकोटाले भन्नुभयो–पदिय दायित्व अनुसारको कसैले पनि आफ्नो जिम्मेवारी बसेको पाइएन ।
त्यसैले सबै ५६ जना विरुद्ध एउटै विगोअनुसार जरीवाना र कैद माग गरेर मुद्धा दर्ता गर्यौ । उनले यो घटनामा संलग्न दोषी कसैलाई पनि नछोडि मुद्धा पेश गरिएको पनि उहाले बताउनु भयो ।
यसैक्रममा तत्कालिन व्राञ्च म्यानेजर बुढाथोकिले प्रहरी प्रशासनले आफ्नो कुरा नसुनेको भन्दै हिनामिना प्रकरणमा थप केही मानिसको नाम अदालतमा पनि भनेका छन् । सिइओ लगायत दोषी देखिन आएका वैँक सञ्चालक अरु सबै फरार छन् ।,’ जिप्रका दाङका डिएसपी विनोद विक्रम शाहले भने ।
त्यसैगरी बैंकको घोटाला प्रकरण सार्वजनिक भए लगतै सिइओ खिमबहादुर डिसी लगायका कतिपय ऋणहरु समेत फरार छन् । अदालतले म्यालि पुर्जि घरमा टागि सकेका कारण अव फरार रहेका वैँक सञ्चालकहरु, सिइओ, बैँकका कर्मचारी लगायत सबै अदालतमा हाजिर हुनेछन् ।
‘आर्थिक लालचका कारण कतिपय रकम जम्मा गर्नेहरु पनि अप्ठेरोमा परेको हुनसक्छन् ।
बैंकका म्यानेजर बुढाथोकीले मिटर ब्याजमा रकम फिर्ता गर्ने भन्दै विभिन्न व्यक्तिहरु सँग आवश्यक प्रक्रिया नै पुरा नगरी रकम निकासा गरेको जस्तो देखिन आएको प्रहरी अनुसन्धानले देखाएको छ ।
बैंकक म्यानेजर र सिइओ समेतले सर्वसाधारणबाट रकम लिदा कुनै भरपाई नगराउने तर त्यसको व्याज दिदा भने उनीहरुको खातामा रकम जम्मा गरिदिने गरेको हुँदा म्यानेजरलाई विश्वास गरेर लगानी गर्नेहरु समेत फसेको देखिएको छ ।
‘कुनैदिन दाङ प्रदेश राजधानी हुन्छ भन्ने हल्लाले गर्दा उनीहरुले धेरैसँग रकम माग्दै मिटर व्याज दिने सर्तमा ल्याएर व्यक्तिगत लाभका लागि जग्गामा लगानी गरेको पनि हुन सक्छन्,’ एक प्रहरी अधिकारीले भने ‘तर, दाङ राजधानी भएन र जग्गा नबिकेपछि उनीहरु अप्ठेरोमा परेको हुनुपर्छ ।’
राष्ट्र बैँक, सिआईबी र जिप्रका दाङले १८ करोड घोटाला प्रकरणको अनुसन्धान गरेका थिए । अहिले सिईओ, बैँक सञ्चालकको खाता नै रोक्का गरिएको छ ।











प्रतिक्रिया