
काठमाडौँ, ११ कात्तिक । पहिलो पटक नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा उडान थालेको छ । आइतबार बिहान ९ बजे काठमाडौंबाट बेइजिङका लागि जहाज उडेको हिमालय एयरलाइन्सले जनाएको छ ।
श्रेष्ठका अनुसार ६० यात्रु लिएर एयरबस ३२० जहाज बेइजिङ उडेको हो । यसअघि बेइजिङमा नेपाली विमानको सिधा उडान भएको छैन ।
विगतमा नेपाल वायुसेवा निगमले चीनको सांघाईमा ट्रान्जिट बसेर जापानसम्म उडान गरेको थियो । त्यसबाहेक कुनै पनि नेपाली कम्पनीले चिनियाँ शहरमा काठमाडौंबाट सिधा उडान गर्न सकेका थिएनन् ।











प्रतिक्रिया