
काठमाडौं, १० कात्तिक । क्यासिनोलगायतका विभिन्न ठाउँमा लगानी गरेका बले भनिने बलराम सापकोटासहित २५ जनालाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको छ ।
शनिबार राती नारायण गोपाल चोक छेउमा जुवा खेलीरहेको अवस्थामा दुई करोड ६७ लाख रुपैंया समेत जफत गरिएको छ । सो क्रममा उनीहरूको साथबाट तीन लाख बरारको चेक समेत फेला पारिएको प्रहरीले जनाएको छ ।
सम्बाला होटल पछाडिको विक्रम गौतमको घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बले, गौतमसहित प्रदिप बोगटी, रामकृष्ण केसी, इन्द्र श्रेष्ठ, रञ्जन राजवंशी, श्यामप्रसाद पराजुली, अशोक श्रेष्ठ, सीताराम खड्का, रोशन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसैगरी कृष्ण भण्डारी, सुमन अग्रवाल, सुमन गुरुङ पवन अग्रवाललगायतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया