
-प्रतिक पौडेल
भैरहवा, ९ कात्तिक । देवदह नगरपालिकामा राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता हुने भएको छ । नगरपालिकाको आयोजनामा कार्तिक १४ गते प्रथम देवदह खुल्ला कुस्ती प्रतियोगिता आयोजना हुने भएको हो ।
शनिबार नगर खेलकुद विकास समितिले सिक्टहनमा आयोजना गरेको पत्रकार भेटघाटमा नगर प्रमुख हिरा खत्रीले युवाहरुलाई अनुशासित र सामजिक सदभाव कायम गर्ने अभिप्रायका साथ देवदहको दक्षिण र नेपालको तराई भेगमा निकै लोकप्रिय रहेको कुस्ती खेल प्रतियोगिता आयोजना गर्न लागेको बताए ।
खत्रीकाअनुसार प्रतियोगितामा देशभरका करिव १ सय जना कुस्ती खेलाडीको सहभागिता रहने छ । खत्रीले प्रतियोगिता छठ पर्वको अवशर पारेर स्थानिय खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्ययले आयोजना गर्न लागेको जानकारी दिए ।
खत्रीकाअनुसार प्रतियोगिताको प्रमुख उद्देश्यनै स्थानिय खेलाडी उत्पादन गर्नु रहेको छ । कार्यक्रममा बोल्दै नगर खेलकुद विकास समितीका संयोजक दिपक चापागाईले प्रतियोगिता आयोजनाको लागी २ लाख ५० हजार लागत लाग्ने जानकारी दिए ।
चापागाईका अनुसार प्रतियोगितामा नेपालका चर्चित कुस्ती खेलाडीहरुको समेत सहभागीता रहने छ । कुस्ती प्रतियोगितामा धर्वेन्द्र यादव, देव थापा, भरत थापा, वसन्त थापा, गोपाल थापा सहित झण्डै एक सय जना खेलाडी प्रतिस्पर्धामा उत्रर्ने चापागाईँले बताए ।
चापागाईकाअनुसार प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३५ हजार, तृतियले १५ हजार तथा सान्त्वनाले ५ हजार र ३ हजार नगर पुरस्कार पाउनेछ ।
कार्यक्रममा देवदह नगरपालिका वडा नं ११ अध्यक्ष अमर बहादुर चौधरी, १२ वडा अध्यक्ष बाबुलाल यादव, सिक्टहन युवा क्लब अध्यक्ष राजन यादव लगायतको उपस्थिती रहेको थियो ।















प्रतिक्रिया