११ मंसिर २०८३, शुक्रबार

१ लाख २० हजार घुससहित २ जना नियन्त्रणमा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईजनालाई घुस रकमसहित रङ्गेहात पक्राउ गरेको छ । आयोगको बुटवल कार्यालयको टोलीले सबइञ्जिनियर सन्दीप पौडेल र डोजर चालक विक्रम बस्नेतलाई १ लाख २० हजारसहित रङ्गेहात नियन्त्रण गरेको हो ।

सब इञ्जिनियर पौडेल शिक्षा विकास निर्देशनालय प्रदेश ५ बुटवल रुपन्देहीमा करारमा कार्यरत थिए । पौडेलले विद्यालयको भवन निर्माण कार्यमा विभिन्न बहाना बनाई सेवाग्राहीसँग पटकपटक घुस मागेका थिए ।

डोजर चालक विक्रम बस्नेतलाई मतियार बनाई १ लाख २० हजार लिने क्रममा दुवैजना पक्राउ परेका हुन् ।

आयोगले दुवै अभियुक्तलाई आफ्नै हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।