काठमाडौं, ९ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘म ओरजिनल माओवादी होइन’ भनेर दिएको अभिव्यक्तिले मुलुकभरि तरंग उत्पन्न गरिदिएको छ ।
१२ वर्षसम्म जनयुद्ध गरेर दुई पटक प्रधानमन्त्री बनेका दाहालले अहिले आएर आफूलाई माओवादी होइन भनेर ब्याख्या गर्नुप¥यो भनेर धेरैले आश्चर्य व्यक्त गर्न थालेका छन् ।
हुन त दाहालको राजनीतिक गुरु मोहन बैद्य ‘किरण’ले भन्दै आएको आरोप पुष्टि भएको छ । बैद्यले दाहाल र उनको टिमलाई नक्कली माओवादी भनेर ब्याख्या गर्दै आएका थिए ।
नेकपा मोरङले चाडपर्वका अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा दाहालले आफू ओरजिनल माओवादी नभएको बताएका हुन् ।
तत्कालीन एमाले र एकता केन्द्रबीच एकताको प्रसंग निकाल्दै भनेका छन्, ‘म पनि ओरिजिनल मसाल र ओरिजिनल माओवादी होइन, चौथो अधिवेशनको मदन भण्डारी हो भन्न पनि चाहँदिनँ ।’
‘०४६ सालमा तत्कालीन एमाले र एकता केन्द्रलाई मिलाउन मदन भण्डारीसँग छलफल भएको थियो’, उनले भने, ‘पछि हामीले एकीकरणकै एजेन्डा बनाएर छलफल मिति, कार्यक्रम तय गरी खानेकुराको लिस्टसमेत बनाएका थियौं तर दुर्भाग्य उहाँको हत्या भयो र एकता हुन सकेन । एकता भएको भए देशलाई १००–५० वर्षअगाडि ल्याउन सकिन्थ्यो ।’
जनयुद्धका बेला दाहालले हज्जारौँ जनताका छोराछोरीलाई माओवादीको नाममा आन्दोलनमा सहभागी गराए ।
अहिले आएर दाहालले आफूलाई नक्कली माओवादी भनेर ब्याख्या गरेपछि उनको ईमान्दारितामो प्रश्न उठेको छ । दाहालले अहिले आएर आफू नक्कली माओवादी भन्नुको अर्थ राजनीतिक वृत्तमा खोज्न शुरु भएको छ ।











प्रतिक्रिया