
काठमाडौँ, ८ कात्तिक । ‘नेपाल लोक स्टार’ को पहिलो विजेता शनि विश्वकर्मा बनेका छन् । लोक गायन रियालिटी शोकाे भृकुटीमण्डपमा शुक्रबार सम्पन्न ग्राण्ड फिनालेबाट रोल्पाका विश्वकर्मा नेपाल लोक स्टारको विजयी घोषणा गरिएको हो ।
विश्वकर्माले ५० लाख रुपैयाँको पुरस्कार हात पारेका छन् ।
यसका साथै उनले २५ लाख रुपैयाँ बराबरको जीवन बीमा पनि हात पारेको हुन् । यस्तै स्याङ्जाका चेतन गोतामे लोकस्टारको दोस्रो बन्न सफल भएका छन् । उनी २५ लाख रुपैयाँ पुरस्कार र १५ लाख बराबरको जीवन बीमा पाउन सफल भएका छन् ।
उदयपुरका विनोद दनुवारले तेस्रो स्थान हात ओगटेका छन् । उनले १० लाख रुपैयाँ नगद पुरस्कारका साथै १० लाख रुपैयाँ बराबरकै जीवन बीमा हात पारेका हुन् ।
यस्तै रामकुमार नेपालीले इलेक्ट्रिफाइङ्ग पर्फर्मेन्स अवार्ड हात पार्न सफल भए । उनले लिट्मस केबलको तर्फबाट २ लाख रुपैयाँ प्राप्त गरेका छन् ।











प्रतिक्रिया