
काठमाडौँ, ८ कात्तिक । र्यापर ‘भिटेन’ समीर घिसिङ साधारण तारिखमा रिहा भएका छन् ।
अभद्र व्यवहारको आरोपमा म्याद लिई थुनामा राखेका र्यापर भिटेनलाई प्रहरीले साधारण तारिखमा शुक्रबार राति छाडेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विहीबार उनलाई ललितपुरको जाउलाखेलबाट पक्राउ गरेको थियो ।
‘यस्तै त हो नि ब्रो’ बोलको गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको थियो । पक्राउ परे लगतै उनको यो गीतलाई युट्युबबाट हटाउने लगाइएको थियो ।











प्रतिक्रिया