
दाङ, ८ कात्तिक । बसको ठक्करले कुखुराको भाले मरेपछि स्थानीयहरुले दुई घण्डा चक्काजाम गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ लुहाडबरामा बसले दिउँसो २ बजे ठक्कर दिएको थियो ।
भाले मरेपछि स्थानीयहरु क्षतिपूर्तिको माग गर्दै सडकमा उत्रिउका थिए भने उनीहरुले उचित क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध समेत गरेका थिए ।
स्थानीय युवा र कुखुराको मालिककोबीचमा भएको छलफलपछि बस मालिकसँग भेटेर क्षतिपूर्ति दिलाउने सहमतिमा बाटो खुलेको सुनिल रेग्मीले बताए ।
कुखुराको भाले मर्दा २ घण्टा जाममा परियो । कस्तो अचम्म ! उनले भने, बस भागेपछि क्षतिपूर्ति माग गरिएको रहेछ ।











प्रतिक्रिया