११ मंसिर २०८३, शुक्रबार

ट्याक्टर दुर्घटना हुँदा, चालकसहित दुई जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुमपश्चिम, ८ कात्तिक । ट्याक्टर दुर्घटना हुँदा रुकुम पश्चिममा चालकसहित २ जनाको मृत्यु भएको छ । चौरजहारी नगरपालिकाबाट पुर्तिमकाँडा जाँदै गरेको भे १ च ५१० नं ट्याक्टर सल्लेनी घेरामा शुक्रबार दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार सानीभेरी गाउँपालिका १ का २६ वर्षीय चन्दबहादुर विक चालक र २२ वर्षीय महेन्द्र विकको घटनास्थलमै मृत्यु भएको थियो ।

तिहारको सामान लिएर जाँदै गरेको ट्याक्टर सडकबाट करिब २० मिटर तल खसेको हो । मृतकको शव पोस्टमार्टम आजै गरी परिवारलाई बुझाउने प्रहरीले तयारी गरेको छ ।