११ मंसिर २०८३, शुक्रबार

भिटेनलाई अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि ७ दिनको म्याद

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ कात्तिक । र्‍यापर समीर लामा घिसिङलाई जिल्ला प्रशासन कार्यालय ललितपुरले अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि ७ दिनको म्याद थपेको छ ।

‘हामी यस्तै त हो नी ब्रो’ बोलको गीतमा अश्लील शब्द प्रयोग र गाँजा खान प्रोत्साहित गरेको आरोपमा प्रहरीले उनलाई ललितपुरको झम्सीखेलबाट बिहीबार दिउँसो पक्राउ गरेको थियो ।

आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएका भिटेनलाई अनुसन्धानका लागि ७ दिनको म्याद थप भइआएको परिसरले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

गीतका विषयमा सोधपुछ गर्ने क्रममा ड्युटीमै रहेका प्रहरीलाई भिटेनले अभद्र व्यवहार गरेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।