बिहीबार, २७ चैत २०७६
DainikNepal.com
बिहीबार, २७ चैत २०७६

मित्र राष्ट्रसँग सुमधुर सम्बन्ध बनाउनुपर्छ : वरिष्ठ नेता खनाल

दैनिक नेपाल २०७६ कार्तिक ७ गते १७:४९

इलाम, ७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले मित्र राष्ट्रसँग मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । बिहीबार यहाँको सूर्योदय नगरपालिकामा भएको एक कार्यक्रममा नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकसँग अझै सुमधुर सम्बन्ध बनाउँदै जानुपर्ने खनालले बताउनुभयो ।

नेपाल भ्रमण वर्ष मनाउन इलामको पर्यटकीय क्षेत्र जानका लागि सूर्योदय आइपुग्नुभएका खनालले जिल्लाको पर्यटकीय विकास गर्नका लागि पनि स्थानीय वस्तुको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लाको चिया, अदुवालगायतका कृषिजन्य वस्तुको प्रचार गरेर आर्थिक आम्दानी बढाउनुपर्ने बताउनुभयो ।

सन्दकपुरको प्रचारका लागि खनाल शुक्रबार नै सन्दकपुर जानुहुने भएको छ । खनालका साथमा साउदी अरेबियालगायत विभिन्न राष्ट्रका राजदूतसमेत सन्दकपुर जाँदै हुनुहुन्छ । –रासस

प्रतिक्रिया
सम्बन्धित