१ कार्तिक २०८३, आइतबार

१९ वर्षीया युवतीलाई जिउँदै जलाउने १६ जनालाई मृत्युदण्ड

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर : इन्टरनेट

ढाका, ७ कात्तिक । एक छात्रालाई जिउँदै जलाउने १६ जनाविरुद्ध बंगलादेशको अदालतले मृत्युदण्डको सजाय सुनाएकाे छ ।

१९ वर्षीया नुसरत जाहा रफीले प्रधानाध्यापकले आफूमाथि गरेको यौनहिंसाको उजुरी दिएपछि उनलाई विद्यालयभित्रै आगो लगाइएको थियो । करिब ८० प्रतिशत शरीरमा आगोले जलेकी रफीको उपचारका क्रममा अप्रिल १० मा निधन भएको थियो ।

यो घटनाले बंगलादेशका साथै विभिन्न देशमा तहल्का नै मच्चाएको थियो ।

वकिल हाफेज अहमदले पत्रकारलाई भने, ‘यसले बंगलादेशमा हत्या गर्नेहरु कसैगरी पनि उम्किन सक्दैनन् भन्ने कुरालाई प्रमाणित गरेको छ ।’ –एजेन्सी