बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

काभ्रेमा चन्द समूहको जिल्ला सेक्रेटरी सुन्तली पक्राउ

दैनिक नेपाल २०७६ कार्तिक ७ गते ७:५८

काभ्रे, ७ कात्तिक । काभ्रेमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई प्रहरीले बुधबार राति पक्राउ गरेको छ ।

प्रहरी चौकी पनौतीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक हरिशरण बस्नेत नेतृत्वको टोलीले पनौती ९ बाट पक्राउ गरेको हो ।

रोशी गाउँपालिकाको शिसाखानीबाट पनि बुधबार राती २ जना पक्राउ परेका जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए ।

चन्दा असुली र गतिविधि बढाएपछि प्रहरीले चन्द समूहका कार्यकर्ता माथि निगरानी बढाएको थियो ।

केही दिनअघि चन्द समूहका कार्यकर्ताले महाभारत र रोशी गाउँपालिकाका विभिन्न ४ स्थानमा सिलिण्डर विस्फोट गराएका थिए ।

चन्द समूहले व्यापारी व्यवसायीलाई चन्दा आतंक तीव्र पारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित