११ मंसिर २०८३, शुक्रबार

मिष्टर नेपाल अक्षयले उपराष्ट्रपति पुनलाई भने नेपाल चिनाएर फर्किँए

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ कात्तिक । नेपालको प्रतिनिधित्व गर्दै ‘मिष्टर वल्र्ड २०१९’ मा सहभागी अक्षयजंग रायमाझीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले बधाई तथा शुभकामना दिएका छन् ।

मंगलबार साँझ आफ्नो कार्यकक्षमा भेट गर्दै पुनले सौदर्य प्रतियोगितामार्फत विश्वमा नेपाल चिनाएको भन्दै प्रशंसा समेत गरेका थिए ।

केही समय अगाडि फिलिपिन्सको मनिलामा आयोजना भएको मिष्टर वल्र्डमा अक्षय आफुलाई प्रतियोगिताको उत्कृष्ट १० भित्र उभ्याउदै मल्टिमिडिया अवार्ड समेत नेपाल भित्र्याउन सफल भएका थिए ।

उपराष्ट्रपति पुनसँगको भेटमा अक्षयले प्रतियोगिता आफुले नेपालको गौरव सगरमाथा, गौतम बुद्ध, हिमाल, नदीनाला लगायत समेत अन्तराष्ट्रिय समुदायमा राखेको र भिजिट नेपाल २०२०को निम्तो समेत दिएको जानकारी दिए ।

कार्यक्रममा नेपाली कलासंस्कृति झल्कने भोषभुषा सहितको काल भैरव नाँच समेत प्रस्तुत गरेको अक्षयले पुनलाई जानकारी गराए ।

अक्षयसँग उपराष्ट्रपति पुनसँग भेट गर्न एक्सपोज नेपालकी सिइयो अर्चना थापा र केही सहयोगीका साथ कार्यलय पुगेका थिए । अक्षयलाई मिष्टर वल्र्डमा एक्सपोज नेपालले पठाएको हो ।

त्यस्तै एक्सपोज नेपालले एक बिज्ञप्ती मार्फतनयाँ मिष्टर नेपाल अर्थात ‘मिष्टर नेपाल २०१९’को लागि आवेदन समेत खुल्ला गरेको छ ।

१७ बर्षदेखि ३२ बर्ष ननाघेका युवाहरुले सहभागीता जनाउन पाउने प्रतियोगिताको अडिसन कात्र्तिक २५ देखि धनगढीबाट सुरु हुने विज्ञप्तिमा उल्लेख छ ।

धनगढीपछि काठमाडौ, पोखरा, चितवन, बुटवल, इटहरी लगायतको शहरमा समेत पहिलो चरणको अडिसन हुने आयोजकले जनाएको छ ।

देशैभरि छरिएर रहेको प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगीतामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिकस्पिकिङ लगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइने आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापाले जानकारी दिइन् ।

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुदै आएको नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो ।

प्रतियोगीतामा सहभागीताको लागि आवेदन फर्म एक्सपोज नेपालको कुपन्डोलस्थित कार्यालय र वेभसाइटबाट पनि भर्न सकिनेछ ।